बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्तले चैत १७ गते राति आएको हावाहुण्डरीबाट प्रभावित बारा, पर्सा लगाएतका जिल्लाका बासिन्दाहरुलाई आथिक सहयोग गरेको छ । क्षति भएको जानकारी प्राप्त गर्नासाथ उद्धारमा खटिएको संस्थाले जनाएको छ । त्यस पश्चात आफ्नो अनुगमनको सहकार्यमा संस्थाको ग्राहक संरक्षण कोष अन्तरगत रहि आर्थिक सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिए ।
अनुगमन कार्यालय जितपुरले घटना लगत्तै संस्थाले आफ्ना ग्राहकहरुलाई प्रति घरपरिवार २ हजार रुपैयाका दरले ३१ घरपरिवार र १ मृतक परिवारलाई काजकिरिया खर्च बापत १५ हजार दिएको छ । सो रकम सोमबार बिहान जितपुर अनुगमन कार्यालयका अधिकृत रामकिशोर प्रसाद कुश्वाहाले जानकारी दिए
संस्थाले सामाजित उत्तरदायित्व कोष अन्तर्गत रहेर बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ । समुदायको विकासलाई जोड दिदै ग्राहकहरुलाई वित्तीय साक्षरता तथा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
हालसम्म संस्थाले ४८ जिल्लामा ९४ शाखा मार्फत विपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले विकट तथा ग्रामीन क्षेत्रमा गएर गरीब तथा विपन्न वर्गलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ। लघुवित्तले ग्रामीन क्षेत्रका बासिन्दाहरुका लागि लघु कर्जा प्रवाह गराउदै आएको छ ।
लघुवित्तले आगामी दिनहरुमा पनि ग्रामीन भेगका गरीब तथा विपन्न बर्गहरुलाई लघसवित्त सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ ।