Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

११ अर्ब ६१ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

२०७५ चैत्र १८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज सोमबार ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने जनाएको छ । बैंकहरुले उक्त ट्रेजरी बिल खरिदको लागि अनलाईनबाट सोमबार ३ बजेभित्र आवेदन दिन सक्नेछन ।

बैंकले जारी गरेको सुुचना अनुसार १ अर्ब बराबरको ट्रेजरी बिल ९१ दिन अवधि,३ अर्बको १ सय ८२ दिनका लागि तथा ४ अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । राष्ट्र बैंकले सोमबार दिउसो ३ बजेसम्म बोलकबोलमा राखेको ट्रेजरी बिल मंगलबार देखि जारी हुने जनाएको छ ।

Ad