बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले इन्फोडेभलपर्स प्रा.लि.सँग माइक्रोफाइनान्स कोर बैंकिङ सिस्टम जडान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले करार पत्रमा हस्ताक्षर गरे ।
संस्थाको कारोबारलाई अनलाइन प्रणालीको माध्यमबाट कार्यान्वयन गर्दा सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराउन र संस्थाको व्यवस्थापन सूचना प्रणाली व्यवस्थित हुने विश्वाश संस्थाले लिएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्यालले कम्पनीले लघुवित्त संस्थाहरुमा सफ्टवयेर सम्बन्धी कार्य गरिरहेकोले अझ सुदृढ तरिकाले स्वावलम्बन लघुवित्तको आवश्यकता बमोजिम कार्य गर्ने विश्वास लिएको बताए ।
इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत रघुवंशीले स्वावलम्बन जस्तो संस्थासंग कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफुले लिएको जिम्मेवारी पूर्ण रुपमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।