बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको फुलवरिया शाखाले समुह अध्यक्षहरुको वार्षिक कार्यशाला गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा समाजसेवी अभिभावक, धारापानी शाखाका शाखा प्रमुख र समुह अध्यक्षहरु गरि कुल १ सय २० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै, केन्द्रीय कार्यालयको संचालन विभागका विभागीय प्रमुख सिताराम पंडितले संस्थाले प्रदान गर्दे आएका सेवाहरु, संस्थागत प्रगती,गोष्ठीको महत्व, समुह अध्यक्षको भुमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुबीमाको महत्व, असल समुहका बिशेषताहरु लगायतका विषयमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा समुह अध्यक्ष तथा अभिभावकहरुबाट आएका गुनासो, समस्या, टिका टिप्पणी बारेमा पंडितले प्रष्ट गारेका थिए । ग्राहकहरुलाई उद्यमशिलता विकास गर्न सिप विकाश तालिम कार्यक्रम संस्थाले संचालन गरिरहेको जानकारी दिए । साथै, उत्कृष्ट प्रथम द्धितीय, तृतीयको साथै सान्तवाना समुह अध्यक्षहरुलाईसम्मान सहित पुरस्कार तथा प्रमाण पत्र समेत दिएको थियो, ।
हालसम्म संस्थाले चालु आर्थिक बर्षको फाल्गुन मसान्त ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा लघुवित्त सेवा दिदै आइरहेको छ । १ अर्ब १७ करोडभन्दा बढी सदस्यबाट बचत संकलन गरी ३ अर्व ३० करोड कर्जा लगानी गरेको छ ।