Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे लघुवित्तद्धारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७५ चैत्र १५ गते

बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्थाले नियुक्तीका लागि सिफारिस भएका २८ जना उम्मेदवारलाई चैत्र १३ र १४ गरी २ दिने अभिमुखिकरण तथा फिल्ड अवधारणा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नयाँ खुल्ने तथा संचालनमा रहेका कार्यालयहरुका लागि सहायक स्तरका कर्मचारीहरुलाई तालिम संचालन गरेको हो ।

कार्यक्रमको सहजिकरण केन्द्रीय कार्यालय बिराटनगरका बैकिङ तथा कर्जा विभागका प्रमुख भाग नारायण साहु, योजना तथा व्यवस्थापन सूचना  विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्का र प्रदेश कार्यालय बुटवलका अनुगमन अधिकृत प्रकाश राजवंशीले गरेका थिए ।

हालसम्म संस्थाले ८४ वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले १ लाख ३२ हजार ५ सय ७३ जना सदस्यलाई लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा पुरयाईरहेको छ ।

Ad