Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुमा तरलता कम भएपछि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ पठाउँदै

२०७५ चैत्र १४ गते

बैंकिङ खबर । केही बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव देखिन थालेपछि नेपाल राष्ट्र बैंकले रिपो मार्फत ५ अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बिहीबार दिउसो ३ बजे सम्म ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु बोल कबोल मार्फत सहभागि हुन सक्ने छन् ।

पैसा लैजान चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ प्रतिशत ब्याजदर नघटाई बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने छ । रिपोको अवधि भने चैत २१ गते सम्मको लागि तोकिएको छ ।

पछिल्लो समय केही बैंकहरुमा लगानी योग्य रकमको अभाव हुँदा कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत भन्दा माथि पुगेको देखिन्छ । सिसिडीलाई व्यवस्थापन गर्न बैंकहरु अन्तरबैंक कारोबारमा जोड दिएका थिए । यसले गर्दा अन्तरबैंक ब्याजदर बढेको थियो । दुई दिन अघिको तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर बढेर ५ दशमलव ५६ प्रतिशत पुगेको थियो । त्यसपछि राष्ट्र बैंकले रिपो मार्फत तरलता पठाएर अन्तर बैंक ब्याजदर घटाउन खोजेको हो ।

Ad