बैंकिङ खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले लघुवित्त कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंक बाट फागुन २ गते घ वर्गको प्रादेशिक स्तरको लघुवित्त कारोबारका लागि इजाजतपत्र प्राप्त गरेको थियो ।
संस्थाले चैत १२ गते मंगलबार बाट विधिवत रुपमा आफ्नो लघुवित्त वित्तीय कारोवार शुभारम्भ गरेका ेछ । विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रर्वद्घित लहान, सिरहामा केन्द्रीय कार्यालय रहेको यस संस्थाको कार्यक्षेत्र प्रदेश नं. २ का लक्षित वर्ग सम्म पूगी विपन्न वर्गमा सरल एवं सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउने रहेको छ ।
हालै मात्र कारोबार सुरु गरेको यस लघुवित्तले निकट भविष्यमा गरिब तथा विपन्न वर्गमा लघुवित्त सेवा सरल र सुलभ रपमा प्रदान गर्ने लक्ष्य लिएको छ ।