बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले शत प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । लघुवित्तले एक बराबर एकको अनुपातमा १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएको हो ।
हकप्रद निष्काशन तथा विक्री प्रवन्धकमा सिद्धार्थ क्यापीटल रहेको छ । लघुवित्तको गत फागुन ६ गते सम्पन्न साधारणसभाले चुक्ता पूँजीको शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । शत प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्ने छ ।