Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

२०७५ चैत्र १० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत विक्री गर्ने भएको छ । केन्द्रिय बैंकले यसअघि विक्री भइसकेको ट्रेजरी बिललाई नविकरण गर्नका लागि बोलकबोलमा राख्ने जनाएको हो । केन्द्रिय बैंकका अनुसार ९१ दिन अवधिको ४ अर्ब ३ करोड, १ सय ८२ दिन अवधिको ४ अर्ब ३० करोड र ३ सय ६४ दिन अवधिको २ अर्ब रुपैयाँ बारबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

केन्द्रिय बैंकले जारी गरेको सूचना अनुसार ९१ दिन अवधिको बिल २०७६ असार १० गते परिपक्व हुने छ । १ सय ८२ दिन अवधिको ट्रेजरी बिल २०७६ असोज ७ गते परिपक्व हुने छ भने ३ सय ६४ दिन अवधिको २०७६ चैत ११ गते परिपक्व हुने छ ।

राष्ट्र बैंकले सोमबार दिउसो ३ बजेसम्म बोलकबोलमा राखेको ट्रेजरी बिल मंगलबार देखि जारी हुने समेत जनाएको छ ।

Ad