बैंकिङ खबर । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले कर्मचारीहरुको कार्य क्षमता अभिबृद्धि गर्न ‘एक दिने योग शिविर–२०७५’ गरेको छ । सिद्धार्थनगरमा रहेको बैंकको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सबै कर्मचारी सहभागी भएका थिए । बैंकका निर्देशक अशोक कुमार पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकरात्मक प्रभाव पार्न र क्षमता अभिबृद्धि गर्न शिविर आयोजना गरिएको बताए ।
तीन वटा सत्रमा विभाजन गरिएको उक्त कार्यक्रमको शुरुवात गर्दै बैंकका सहायक निर्देशक रमेश कुमार न्यौपानेले कर्मचारीहरुलाई शारीरिक र मानसिक तनाव ब्यवस्थापन गर्न योग र तनाव ब्यवस्थापन सम्बन्धी शिविर आयोजना गरिएको र यसले प्रत्येक ब्यक्तिको शारीरिक तथा मानसिक तन्दुरुस्ती बढ्ने भई शरीरमा सकारात्मक उर्जा थप हुने हुंदा कर्मचारीको उत्पादकत्व समेत बृद्धि हुने बताए ।
शिविरमा पतञ्जली योगपीठका प्रशिक्षक गिरीजेश शरण चौधरीले योग प्रशिक्षण गराएका थिए ।