Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सद्धारा मोटिभेस्नल तालिम सम्पन्न

२०७५ चैत्र ५ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यलय स्तरीय मोटिभेस्नल तालिम सम्पन्न भएको छ । चितवनको सौराहामा सम्पन्न भएको उक्त तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र मनोक्रान्तिका अध्यता डा. योगी विकासान्नदले संयुक्त रुपमा समुद्घाटन गरेका थिए । तालिममा संस्थाका कर्पोरेट कार्यालय अन्तर्गतका अनुगमन स्टेशन तथा शाखा कार्यालयका फिल्ड कर्मचारीहरु सहित १ सय २३ जनाको उपस्थिति रहेको थियो ।

दुई दिने तालिममा शाखाको समिक्षा तथा गुणस्तरीय सेवा सहितको कार्यक्रम रणनीतिहरु सम्बन्धमा छलफल भएको थियो । तालिममा डा. योगी विकासानन्द र मोटिभेसनल स्पिकर सुदीप बस्नेतले कर्मचारीहरुलाई उत्पे्ररणा दिनुका साथै कर्मचारीहरुको कार्य सम्पादनमा संगठनको प्रभावकारी बनाउने र ब्यक्तिमा सकारात्मक सोचको विकास बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकमुखी सेवा र कर्मचारीमैत्री प्रशासनको नीति अनुरुप संस्थाले आगामी दिनमा अझ मजबुत गर्ने र सबै कर्मचारीहरुलाई खुशी र सन्तोष रहेमा मात्र ग्राहक सन्तुष्टि सहितको सेवा दिन सकिने कुरामा जोड दिए । साथै, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम देशका वित्तीय पहुँच नपुगेको क्षेत्रमा शाखा खोली सेवा दिँदै जाने, सेवाग्राहीहरुलाई लघुबीमा सहितको पूर्ण लघुवित्त सेवा दिँदै जाने र सोको लागि कर्मचारी क्षमता अभिबृद्धिका थप कार्यक्रमहरु समेत गर्दै जाने कार्यक्रम रहेको बताए ।

कार्यक्रममा सहभागी अनुगमन अधिकृत तथा शाखाका कर्मचारीहरुबाट कार्यक्रम प्रगति, शाखा व्यवस्थापन सम्बन्धी सवालहरुका बिषयमा समिक्षा गरिएको थियो । आगामी दिनमा निक्षेप, कर्जा र व्यवसाय बिस्तार अझ प्रभावकारी बनाउदै लैजानेमा कर्मचारीहरु प्रतिबद्ध रहेको समेत जानकारी दिएका थिए ।

हालसम्म संस्थाले ४८ जिल्लामा ९२ वटा शाखा कार्यालयहरु मार्फत ९० हजार विपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Ad