Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत

२०७५ चैत्र ३ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङक अनुसार विदेशी विनिमय सञ्चिति घटेको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७५ माघ मसान्तमा १० खर्ब ७८ अर्ब ३६ करोड कायम भएको छ । असार मसान्त यता २४ अर्ब २३ करोड रुपैयाँले विदेशी विनिमय सञ्चिति घटेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ माघ मसान्तमा ९ अर्ब ४९ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७५ माघ मसान्तमा ९ खर्ब ३७ अर्ब ३५ करोड रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७५ माघ मसान्तमा १ खर्ब ४१ अर्ब पुगेको छ । २०७५ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

Ad