बैंकिङ खबर । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी चैत २७ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सभाले संचालक समितिको सेयरधनीलाई ३ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ ।
हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । संस्थाको ३ बराबर २को अनुपातमा हकप्रद द पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ नाघ्ने छ ।