बैंकिङ खबर । मिर्मिरेले लघुवित्त वित्तीय संस्थाले बाख्रापालन तालिम, केन्द्रप्रमुख गोष्ठी र वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले अर्घाखाँचीको बलकोटमा वित्तीय संस्थामा आवद्ध सदस्यहरुलाई एक दिने बाख्रापालन तालिम र रुपन्देहीको शिशै बजारमा केन्द्रप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
तालिम प्रशिक्षहरुमा शाखा प्रबन्धकहरु धु्रब भण्डारी, रबि मल्लाह, पबी पाण्डे र घनश्याम भुसालले केन्द्र व्यवस्थापन, लघुवित्तीय कारोवार र वित्तीय साक्षरता सम्बन्धि सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बाख्रापालन तालिम बलकोट शाखाका शाखा प्रबन्धक धना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने रुपन्देहीको केन्द्र प्रमुख गोष्ठी वित्तीय संस्थाका सहायक प्रबन्धक बिष्णु प्रसाद सुवेदीको प्रमुखत्वमा सम्पन्न भएको थियो ।
सदस्यहरुको व्यवसाय, जीवनस्तर तथा जीविकोपार्जनमा प्रत्यक्ष योगदान पुग्ने खालका बिभिन्न कार्यक्रम संचालन गरी सदस्यहरुको सामुहिक हित, व्यवसायको प्रवद्र्धन एवम शिक्षा र क्षमता विकासमा सहयोग पुग्ने खालका विभिन्न कार्यक्रम संचालन गरेको थियो ।