बैंकिङ खबर । बिहीबार सुनको मूल्यमा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ६० हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको मूल्य तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ । चाँदी भने आज ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा चाँदीको भाउ ५ रुपैयाँले कमी आएको हो ।