बैंकिङ खबर । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाल अर्ध बार्षिक समिक्षा बैठक तथा शाखा ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । उक्त तालिम बिरेन्द्रनगर, चितवन स्थित कृषि बिकास बैंकको तालिम भवनमा सम्पन्न भएको हो ।
३ दिनसम्म संचालन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले मन्तब्य राख्दै कार्यक्रमको सुरु गरेका हुन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवर, आरएमडिसी लघुवित्तका प्रतिनिधि पृथ बहादुर थापा, लघुवित्त बिशेषज्ञ तिर्थरत्न कोनाजो, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तका प्रतिनिधि सूर्य पौडेलले शाखा प्रबन्धकहरुलाई लघुवित्त सँंग सम्बन्धित बिषयहरुमा सहजिकरण गरेका थिए।
कार्यक्रममा शाखा प्रबन्धकहरुले आफ्ना आफ्ना शाखा कार्यालयको प्रगति बिबरण प्रस्तुत गरेका थिए भने हाल संस्थामा रहेको समस्या तथा चुनौतीका बारेमा छलफल समेत भएको थियो ।
हालसम्म संस्थाले ६३ वटा शाखा कार्यलय मार्फत ७१ हजार सदस्यहरुबाट ६४ करोड बचत संकलन गरेको छ । साथै, संस्थाले २ अर्ब ६३ करोड कर्जा लगानी बाँकी रहेको छ ।