Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिथिला लघुवित्तले ७ दिन थप गर्यो हकप्रद भर्ने समय

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले हकप्रद भर्ने म्याद थप गरेको छ । संस्थाले माघ १७ गतेदेखि २ः१ को अनुपातमा ५० प्रतिशतका दरले  ३ करोड २९ लाख ८८ हजार ९ सय ६९ रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

हकप्रदमा आज फागुन २२ गतेसम्म आवेदन दिन सकिने भानिएकोमा संस्थाले ७ दिन म्याद थप गरेको छ । सो हकप्रद फागुन २९ गतेसम्म आवेदन दिन सकिने छ । 

धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले हकप्रद निष्काशनको  लागि माघ १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ३० गते सम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन ।

बिक्रि प्रबन्धक काठमाडौँ क्यापिटलको कार्यालय कमलादी , मिथिला लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सक्ने छन्  । हाल कम्पनीको चुक्ता पुँजी  ६ करोड ५९ लाख रहेको छ ।
 

Ad