Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

पर्साको बर्वाटाडीमा निर्धन उत्थान लघुवित्तद्धारा वित्तीय साक्षरता तालिम सम्पन्न

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना ६७ जनाग्राहक सदस्यहरुको सहभागितामा पर्सा जिल्लाको बर्वाटाडीमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम”सम्पन्न गरेको छ । यस तालिम प्रशिक्षकहरुमा सहिम अंसारी, चुल्हाईनाथ कुवर योगी तथा राजकुमार चौधरी रहेका थिए ।

एक परिवारमा एक जनाउद्यमीबनाउनसंस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिईरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नतीतिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख÷कार्यक्रम अधिकृत राधेश्याम साहनीले बताएका थिए। 

यस तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा व्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम व्यवस्थापन, बिमा, विप्रेषण सेवा, व्यवसायिक योजना, व्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा जानकारी हासिल गरेका थिए । 

हालसम्म संस्थाले १ सय ८१ वटाशाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु-याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

Ad