Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बाराको सिम्रौनगढमा निर्धन उत्थान लघुवित्तले गर्यो  वित्तीय साक्षरता तालिम 

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना ६० जना ग्राहक सदस्यहरुको सहभागितामा बारा जिल्लाको सिम्रौनगढमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षक श्री हसमुदिन मिया रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख कार्यक्रम अधिकृत÷शाखा प्रमुख श्री हसमुदिन मियाले बताएका थिए । 

यस तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु बारेमा जानकारी हासिल गरेका थिए । 

हासम्म संस्थाले ७७ १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

संस्थाले २०७५ पौष मसान्तसम्ममा ३ लाख ३८ हजार २ सय घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ पौष मसान्तसम्ममा लगानीमा रहेको कर्जा १७ अरब ९ करोड १७ लाख रहेको छ भने ग्राहक सदस्यहरुको ९ अरब ६८ करोड ७४ लाख बचत परिचालन गरेको छ । 

Ad