Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हकप्रदबाट पूँजी पु-याउन दवाब दिदै लघुवित्त सञ्चालकहरु

२०७५ फाल्गुन २० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रादेशिक र राष्ट्रियस्तमा वर्गीकरणको नीति ल्याएपछि लघुवित्तहरुले हकप्रदबाटै चुक्ता पूँजी बढाउन पाउनु पर्ने माग गरेका छन् । विपन्न वर्गमा ऋण लगानी गर्न खुलेका लघुवित्त वित्तीय संस्थाका संस्थापकहरुले मर्जरबाट नभइ हकप्रदबाट पूँजी बृद्धि गर्न पाउनु पर्ने भन्दै लबिङ सुरु गरेका हुन । हकप्रदबाट पूँजी बृद्धि गर्दा संस्थाको वहुमत शेयर आफैसँग रहने र आफ्नो शेयर स्वामित्व कमजोर नबन्ने भएकाले हकप्रदबाट पूँजी बृद्धि गर्न पाउँनुपर्ने माग लघुवित्त सञ्चालकहरुले गरेका हुन् । 

राष्ट्रिय स्तरमा काम गर्न इच्छुक लघुवित्तले १० करोड चुक्ता पूँजी पु-याउनुपर्ने बाध्यता रहेको छ । बाध्यता यस अर्थमा पनि छ यस अघि एक जिल्ला भन्दा बढी कार्य क्षेत्र भई विभिन्न जिल्लामा शाखा विस्तार गरी काम गरिरहेका छन् । केन्द्रिय बैंकले राष्ट्रिय र प्रादेशिक स्तरका लघुवित्त मात्र सञ्चालन गर्न दिने भएपछि अहिले २ प्रदेशमा काम गरिरहेका लघुवित्तलाई शाखा बन्द गर्नुभन्दा राष्ट्रिय स्तरको लघुवित्त बन्नु सजिलो हुने लघुवित्त सञ्चालकहरु बताउँछन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले पनि तोकिएको पूँजी पु¥याएर राष्ट्रिय स्तरको लघुवित्त बन्ने बताएका छन् । उनले आर्थीक बर्ष २०७५/७६ मै राष्ट्र बैंकले तय गरेका सर्तहरु पूरा गरेर राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने योजनामा रहेको बताए । बोनस शेयर दिएर चुक्ता पूँजी पु¥याउने योजनामा आफूहरु रहेको भएपनि मर्जरमा समेत जान सक्ने सम्भावना पनि रहेको उनेको भनाई छ । नयाँ नेपाल लघुवित्तको २०७५ मंसिर सम्मको चुक्ता पूँजी ७ करोड ३७ लाख रहेको छ ।

राष्ट्र बैंकले दिएको समयसिमा २०७७ असारसम्म १० करोड चुक्ता पूँजी पु¥याउन नसक्ने भएकाले मर्जरको सम्भावना रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले बताए । “हकप्रद शेयर प्रदान गर्न मिल्ने र अहिलेकै अबस्था यथावत रहने हो भने १० करोड चुक्ता पूँजी पु¥याउन समस्या छैन ।” उनले भने । तर हकप्रद शेयर वितरणमा रोक लगाउदाको अबस्थामा भने मर्जरमा जानुको विकल्प नभएको अधिकृत पोख्रेलको भनाई छ । मर्जरमा जाँदा खासै ठूलो समस्या नभएपनि उद्देश्य फरक भएका संस्थासँग मर्जरमा जानुपर्ने अबस्था सृजना भएमा स्थापनाको समयमा लिईएका उद्देश्यहरु छाँयामा पर्नसक्ने खतरा बढ्ने सिइओ पोख्रेलले बताए । जनउत्थान सामुदायिक लघुवित्तको २०७५ मंसिर सम्मको चुक्ता पूँजी २ करोड ८८ लाख रहेको छ ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रादेशिकले २ करोड र राष्ट्रियले १० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यकारी प्रावधान ल्याएको छ । उनीहरुलाई आफ्नो कार्यक्षत्र रोज्न र पूँजी बढाउनको लागी २०७७ असार मसान्तसम्मको समयसीमा तोकिएको छ । अहिले लघुवित्त वित्तीय संस्थाहरुको संख्या ७१ वटा छ । १९ वटा सञ्चालनको अन्तिम तयारीमा छन् । अझै २३ वटा सञ्चालन अनुमतिको पर्खाइमा छन् । लघुवित्तको संख्या ह्वात्तै बढेपछि राष्ट्र बैंकले पूँजी बृद्धिबाट नियन्त्रण गर्ने योजना बनाएको देखिन्छ ।

राष्ट्र बैंकले पूँजी बृद्धिमा हकप्रदभन्दा पनि गाभ्ने गाभिने वा प्राप्ती गर्ने बिषयलाई प्राथमिकतामा राखेको छ । तर केही ठूला लघुवित्तका पहुँचवाला सञ्चालकहरुले हकप्रदबाटै पूँजी पु¥याउन दिनु पर्ने लबिङ गर्दै आएको स्रोतको भनाई छ । 

राष्ट्र बैंकले ताकेको समयभित्र ताकेको पुँजी नपुर्याएमा, विगत पाँच बर्षदेखि लगातार नोक्सानीमा रहेमा, राष्ट्र बैंकले दिएको निर्देशन पटक पटक उल्लंघन गरी कारवाहीमा परेमा वा राष्ट्र बैंकले तोकेबमोजिम जोखिम व्यहोर्ने कोष कायम गर्न नसक्ने भएमा त्यस्तो लघुवित्तलाई अन्य कुनै घ वर्गको इजाजतप्राप्त संस्थासँग गाभिन वा प्राप्ती गर्न राष्ट्र बैंकले निर्देशन दिन सक्ने परिमार्जित निर्देशिकामा उल्लेख छ ।
 

Ad