Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यूवा वर्गले अहिले शेयरमा लगानी किन गर्ने

२०७५ फाल्गुन १९ गते

अर्थ मन्त्रालयबाट अवकाश प्राप्त उपसचिव आनन्द कुमार भट्टराईले कारोबारमा लेखेको लेख: आफ्नो लगानीमा प्रतिफल प्राप्त हुने आशामा विभिन्न वित्तिय ‍औजारहरु जस्तै बैङ्क निक्षेप, शेयर, तथा ऋणपत्र तथा अन्य वित्तिय औजारमा लगाईने रकमलाई लगानी भनिन्छ । स्टक मार्केटमा गरिने लगानीले दिर्घकालमा राम्रो प्रतिफल दिने हुनालेनै यसतर्फको आकर्षण बढदै गएको छ ।

शेयरमा गरिएको लगानी ठिक की मुद्धति निक्षेपमा गरिएको लगानी ठिक हो भन्ने विषयमा मतैक्य रहेको पाईदैन । केही ब्यक्तीले शेयरमा गरिएको लगानी जोखिमपूर्ण हुन्छ तर मुद्धति निक्षेपमा गरिएको लगानी सुरक्षित हुन्छ भन्छन् । त्यस्तै शेयरमा गरिने लगानी बढी फलदायि हुन्छ भन्नेको संख्या पनि उल्लेख्य रहेको पाईन्छ । 

कम जोखिम तथा निश्चित प्रतिफलको लागि मुद्धति निक्षेप उपयुक्त हुन्छ । मुद्धति निक्षेपमा गरिएको लगानीबाट निश्चित अवधी सम्म तोकिएको दरले प्रतिफल प्राप्त त हुन्छ तर यसमा गरिएको लगानीको मुल्य अभिबृद्धि भने हुदैन । अर्को तर्फ आज गरिएको लगानीको रकमको भ्यालु मुद्रास्फितीको कारणले समयको क्रम संगै घटदै गई रहेको हुन्छ । 

तर शेयरमा गरिने लगानीले दीर्घकालमा राम्रो प्रतिफल दिने कुरामा कुनै द्धिविधा छैन । यसमा गरिने लगानीले वार्षिक रुपमा निरन्तर प्रतिफल दिनुको साथै शेयरको भ्यालुमा पनि बृद्धि हुँदै जान्छ । कुनै पनि राम्रो कम्पनीको शेयरमा गरिएको लगानीमा दीर्घकालमा अभूतपूर्वरुपले बृद्धि हुन्छ । उदाहरण हेरौं

शेयर बजारको संभावना ब्यापक छः
सन १९२९ मा ५२ प्रतिशत अमेरिकी परिवार ९हाउसहोल्ड० ले शेयरमा लगानी गर्ने गरेको तथ्याङ्क छ जुन अमेरिकामा फेडले गरेको सर्भे अनुसार सन २०१८ को मार्केट क्र्यास पछि अहिले घटेर ४६ प्रतिशतमा झरेको छ । त्यहाँ १८ देखि २९ वर्ष समुहका जनसंख्याको करिब १र३ ले शेयरमा लगानी गरेका छन् भने ३० देखि ६४ वर्ष समूहका २र३ ले शेयरमा लगानी गरेका छन् ।

हाम्रो देशमा अहिले सम्म करिब १५ लाख लगानीकर्ता रहेको अनुमान गरिएता पनि सक्रिय लगानीकर्ता २ लाख भन्दा बढी नरहेको अनुमान गरिएको छ । यस आधारमा भन्दा राज्यले सक्रिय लगानीकर्ताको आकार बढाउन सकेको खण्डमा बजारको आकार बढनुको साथै छरिएर रहेको पूँजीको ब्यापक परिचालन भई स्थिर पूँजी बजारको आधार तयार हुन्छ जसले विदेशी लगानीलाई आकर्षित गर्नुको साथै सरकारको कराधार पनि बढदै जान्छ ।

अमेरिकाको उदाहरणः
सन १९१९ मा कोकाकोला कम्पनीको शेयरको आपीयो जारी हुँदा ४० डलर प्रति कित्ताको दरले १ कित्तामा गरिएको लगानी ४० डलर आज १०० वर्ष पछि ४,१४,७२० डलर ९ हाल सम्म ११ चोटी स्टक स्प्लिट भएको कारणले हुन आएको शेयर संख्या ९२१६ को ४५ डलरको दरले० हुन्थ्यो जबकी वार्षिक १० प्रतिशतको चक्रबृति ब्याजको हिसाबले यो रकम ३,९४,३५२ डलर हुन आउथ्यो । कोकाकोला कम्पनीले सन २०१२ मा जारी गरेको स्टेटमेन्ट अनुसार उक्त शेयरमा प्राप्त नगद लाभांशलाई शेयरमै लगानी गरेको अवस्थामा उक्त ४० डलरको लगानी ९८ लाख डलर हुन आउछ ।

त्यसैगरी १९८० मा एप्पल कम्पनीको आईपीयोमा २२ डलरको दरले १० कित्तामा गरिएको लगानी २२० डलर अहिले ९६३२० डलर हुन आउछ ९ ४ पटकको शेयर स्प्लिटको कारणले हुन आएको शेयर संख्या ५६० को आजको मूल्य प्रति कित्ता १७२ डलरले० जबकी वार्षिक १० प्रतिशतको चक्रबृति ब्याजको हिसाबले यो रकम ९०५२ डलर हुन आउछ । 

सन्दर्भ हाम्रो देशकोः
सन २०११ को १५ जुनमा नेप्से ईण्डेक्स २९२।३१ भई त्यस उप्रान्त वियरिश ट्रेण्डको अन्त भई ईण्डेक्स क्रमशः उकालो लाग्न थाले पछि सन २०११ अगस्त १५ मा नेपाल ईन्भेष्टमेन्ट बैङ्क९उदाहरणको लागि मात्र० को १०० कित्ता को रु। ५२१ को दरले लगानी गरिएको रकम रु। ५२१०० सन २०१९ फेब्रुवरी २९ सम्म हुन आउने कित्ता ५२० को दर ५०३ ले आज २६१५६० हुन आउछ जबकी जबकी वार्षिक १० प्रतिशतको चक्रबृति ब्याजको हिसाबले ७।५ वर्ष पछि आज यो रकम रु। १०६४८६ हुन आउछ । यस हिसाबले मु।नि। भन्दा शेयरमा गरिएको लगानी १४५ प्रतिशत भन्दा पनि बढी हुन आउछ । यसबाट मुद्धति निक्षेपमा गरिएको लगानी र शेयरमा गरिएको लगानीको अन्तर सहजै बुझ्न सकिन्छ । तर यस्तो अवस्था सबै बैङ्कको सन्दर्भमा नहुन सक्छ भने मूल्य उचालिएको बेलामा शेयरको खरिद गरिएको छ भने घाटा हुने संभावना अत्यधिक हुन्छ । त्यसलै नयाँ लगानीकर्ता जहिले पनि बजार न्यून विन्दुमा आएको बेलामा प्रवेश गर्नु पर्छ । 

शेयर बजारको आजको मूल्यको हिसाबले यसरी पनि विश्लेषण गर्ने हो की, मानौ की मिति २०७५ फागुन १५ गते रु।२१०००० मुद्दती हिसाबमा वार्षिक १० प्रतिशतको दरले निक्षेप राखियो भने वार्षिक हिसाबले चक्रबृद्धि ब्याज गणना अनुसार उक्त लगानी २०८० फागुन १५ ९ जम्मा ५ वर्ष० मा जम्मा रु। ३३८२०७ हुन आउछ ।

त्यसै गरि आहिले प्रभु बैङ्कको ९उदाहरणको लागि मात्र० १००० कित्ता शेयरमा रु। २१० को दरले गरिएको जम्मा रु २१०००० को लगानी ५ वर्ष पछि ४१४९२२ ९१३४०।७५ ८ ३०९।४७ . ४१४९२२ ० हुन आउछ ९ यहाँ प्रभु बैङ्कले अगामी ५ बर्ष बोनस शेयर नदिएर नगद लाभांश मात्र दिनेछ र उक्त बैङ्कले क्रमशः २०, २५, ३०, ४० र ५० प्रतिशत खुद मुनाफा गरि सो को आधा नगद लाभांश दिई बाकी संचित कोषमा राख्छ भन्ने अनुमान गरिएको छ । साथै नगद लाभांश शेयरमै लगानी गरिएको छ भन्ने अनुमान पनि गरिएको छ ।० त्यस हिसाबले २०८० फागुन १५ सम्म शुरुको १००० कित्ता शेयर १३४०।७५ कित्ता हुन आउछ तथा अहिलेको मूल्यरकिताबी मूल्य अनुपात १।३५ को हिसाबले बजार मूल्य ९ किताबी मूल्य २२९।२४ ८१।३५ . ‍३१०० रु। ३१० र मूल्यरआम्दानी अनुपात १०।५ को हिसाबले बजार मूल्य ९ पीई रेसियो १०।५० ८ ५० . ५२५० रु। ५२५ हुन आउने देखिन्छ ।०
माथिको उदाहरणमा बैङ्कको मुद्दति निक्षेपमा गरिएको लगानीबाट हुने प्रतिफल निश्चित हो तथा त्यहाँ कुनै जोखिम छैन तर उक्त रकम सो भन्दा बढी हुने संभावना भने हुँदैन । अर्को तर्फ शेयरमा गरिएको लगानी अल्पकालमा नोक्सानीमा जान सक्ने संभावनालाई नकार्न नसकिए पनि दीर्घकालमा राम्रो कम्पनी छानेर गरिएको लगानीले राम्रो प्रतिफल दिने तथ्य निर्बिबाद हो । 

त्यसैगरी माथिको उदाहरण अनुसार प्रभु बैङ्कको २०८० फागुन १५ भित्र प्रति शेयर नेट वर्थ करिब २२९।२४ हुन आउँछ । त्यतिबेला बजार अहिलेकै जस्तो वियरिश रह्यो भने पनि अहिलेको मूल्यरनेटवर्थ अनुपात १।३५ सम्मको बजार मूल्य वा अहिलेको मूल्यरआम्दानी अनुपात १०।५ सम्मको बजार मूल्य हुने संभावनालाई नकार्न सकिदैन र त्यस हिसाबले शेयर मूल्य न्यूनतम रु। ३०९।४७ देखि अधिकतम रु। ५२५ को विचमा रहने अनुमान सहजै गर्न सक्छौ । यसरी अहिले लगानी गरेको रकम रु। २१०००० ५ बर्ष पछि न्यूनतम रु। ४१४९२२ ९१३४०।७५ ८ ३०९।४७ . ४१४९२२ ० देखि रु। ७०३८९३ ९१३४०।७५ ८ ५२५ . ७०३८९३ ० हुने संभावनालाई नकार्न सकिदैन ।

यूवा, कर्मचारी वर्ग तथा नवजात शिशुको अभिभावकले के गर्नेः
हाम्रो समाजमा जुनसुकै परिवारले ब्रतबन्ध, सन्तानको उच्च शिक्षा, विबाह जस्ता अवसरमा ठूलो धनराशी खर्च गर्नु पर्छ । सिमित आय भएको परिवारको लागि यो अति कठिन अवस्था हो । त्यसैले बेलैमा त्यस्तो खर्च धान्नको लागि आवश्यक ब्यवस्था गरेमा जीवन सहज तरिकाले बाच्न सकिन्छ । 

जीवन विमाको ब्यापकता यसै कारणले बढदै गएको हो । बार्षिक वा अर्धवार्षिक रुपले आफ्नो आम्दानीको केही अंश लगानी गरेमा समय आएपछि त्यसले ठूलो राहत प्रदान गर्छ भन्ने कुरा अकाट्य सत्य हो ।

 अर्को क्षेत्र भनेको शेयर बजार हो । जीवन विमा, मुद्दती निक्षेपमा लगानी गरेको रकममा अर्थ ब्यवस्थामा हुने उच्च बृद्धिबाट कुनै लाभ हासिल हुने संभावना हुँदैन । तर शेयर बजारमा गरेको लगानीले दीर्घकालमा उच्चतम प्रतिफल दिने कुरा माथि दिईएको अमेरिका तथा हाम्रै देशको प्रमाणबाट स्पष्ट हुन्छ । 

आज भन्दा २० वर्ष पहिलेको तुलनामा अहिले जीवन यापन कठिन भईसकेको छ । उहिले प्राप्त श्रमको मूल्यले जीवन धान्न सहज थियो तर अहिले बृद्धि भएको श्रम मूल्यको बावजुद जीवन धान्न कठिन भईसकेको छ । नयाँ नयाँ आवश्यक्ता ९ मोबाईल खरिद, रिचार्ज आदी०, कतिपय सेवा खरिद ९ विध्यालय शिक्षा, उच्च शिक्षा, औषधी उपचार आदी० मा भएको अप्रत्याशित मूल्य बृद्धिले दैनिक जीवन यापन एकदमै कठिन भई सकेको अवस्थामा २० वर्ष पछिको अवस्था कस्तो हुन्छ सहजै अनुमान लगाउन सकिन्छ ।

अतः भविष्यको यस्तो कहालीलाग्दो अवस्थाबाट मुक्त हुन भर्खर आय आर्जनको क्षेत्रमा प्रवेश गरेका यूवा, कर्मचारी वर्ग तथा नवजात शिशुका अभिभावकले अहिले बजार न्यून विन्दुमा आएको बेलामा २र३ वर्षको लागि होईन की कम्तीमा १५र२० वर्षको लक्ष्य राखि लगानी गरेमा भविष्यलाई सुरक्षित गर्न सकिन्छ ।

अन्तमा, वारेन बफेटको तिमी सुतिरहेको अवस्थामा पनि पैसा आईरहने तरिका पत्ता लगाउन सक्दैनौ भने तिमीले मृत्यु पर्यन्त पैसा कमाउनको लागि काम गरिरहनु पर्छ ।अर्थात बेलामा सही निर्णय लिईयो भने त्यसले जिन्दगी भरि आम्दानी दिईरहन्छ भन्ने उपदेशलाई मनन् गर्नु फलदायी हुन्छ ।

Ad