बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शत प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
लघुवित्तले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति माग गरेको हो । लघुवित्तको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।