Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

स्थानीय तहमा रोजगारः माग संख्या ७५३ उत्तीर्ण जम्मा ५२१

२०७५ फाल्गुन १४ गते

माग संख्याभन्दा कम उत्तीर्ण भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सबै स्थानीय तहमा रोजगार संयोजक पठाउन नसक्ने भएको छ । सोमबार प्रकाशित नतिजा अनुसार मन्त्रालयले ५ सय २१ स्थानीय तहमा मात्रै रोजगार संयोजक पठाउने भएको हो ।

मन्त्रालय ७ सय ५३ वटै स्थानीय तहका लागि रोजगार संयोजकको माग गरेको थियो। जसमध्ये ५ सय २१ जना मात्रै उत्तीर्ण भए। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि श्रमले रोजगार संयोजकको परीक्षा लिएको थियो। पहिलोपटक विद्युतीय भर्ना प्रणाली अपनाएरु पदपूर्तिको लागि परीक्षा लिइएको थियो।‘हामीलाई चाहिएको ७ सय ५३ जनामा ५ सय २१ जना मात्रै उर्तिण भए। प्रदेश ५ मा मात्रै सबै स्थानीय तहका लागि पुग्ने जनशक्ति उर्तिण भएको छ,’ प्रधानमन्त्री रोजगार कार्यत्रमका प्रमुख प्रकाश दाहालले भने।

उनले जनशक्ति भर्ना प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले गरिएको बताए। प्रदेश १ मा शाखा अधिकृत १ सय ३० र नासु सरह ८ जना चाहिनेमा क्रमशः ६७ र ५ जना मात्रै उर्तिण भए। प्रदेश २ मा १३६ शाखा अधिकृत चाहिनेमा ९८ जना, प्रदेश ३ मा शाखा अधिकृत ११२ र नासु सरह ७ जना चाहिनेमा क्रमशः ९५ र ७ जना,गण्डकी प्रदेशमा शाखा अधिकृत ७४ र नासु सरह ११ चाहिनेमा क्रमशः ६४ र ११ जना उर्तिण भए।

प्रदेश ५ मा चाहिएको १ सय ९ जना नै उत्तिर्ण भए। कर्णाली प्रदेशमा शाखा अधिकृत ६२ जना र नासु सरह १७ जना चाहिनेमा क्रमशः २० र ९, सुदुरपश्चिममा शाखा अधिकृत ६२ र ६ जना चाहिनेमा ३३ र ६ जना मात्र उत्तिर्ण भए।

मन्त्रालयले एक वर्ष करार भर्ना गर्न गत माघ ४ गते विज्ञापन गरेको थियो। जसमा २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए। आवेदन दिएको मध्ये २२ सय ६५ जनाले अनलाइलन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशित गरिएको दाहालले जानकारी दिए। कान्तिपुर दैनिकमा प्रकाशित समाचार।​

Ad