बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था उपशाखा कार्यालय हसुलिया, कैलालीले कार्यालयमा आवद्ध ग्राहक सदस्यहरुलाई कार्यक्रमको सुदृढिकरण तथा लिएको कर्जाको सही सदुपयोग गरिएका परियोजना सम्बन्धी अध्ययन अवलोकन गराएको छ ।
सदस्यहरुलाई कार्यक्रम प्रति बढी जानकार गराउन र सफल परियोजनाको भ्रमण गराई अभिप्रेरित गर्ने उद्देश्यले शाखा कार्यालय बौनिया अन्र्तगत रहेको जोशिपुर—६ सिमरीमा रहेको सुखी स्वावलम्बन महिला केन्द्रको अवलोकन भ्रमण गराएको हो ।
अवलोकन कार्यक्रम समापन समारोहमा जोशिपुर—६ सिमरीका वडा अध्यक्ष नथ्थु प्रसाद चौधरीले वित्तीय संस्थाले विगत केही वर्ष देखि यस क्षेत्रमा रहेको विपन्न परिवारलाई आय आर्जन गर्न कर्जा उपलब्ध गराएको र सदस्यले पनि आर्थिक उन्नती गरिरहेको बताए ।
त्यस्तै, कैलारी गाउँ कार्यपालिका सदस्य रंजिता चौधरीले गाउँमा संचालित यस्ता लघुवित्त कार्यक्रमले महिला सशक्तिकरण कार्यक्रममा सहयोग पुरयाईरहेको र महिलालाई लघुउद्यमी बनाउनमा समेत सहयोग पुरयाएको बताइन । अबलोकन भ्रमणमा सहभागी सदस्यहरुले अवलोकनबाट आफुलाई प्रेरणा मिलेकोले महिला केन्द्रलाई अनुसाशित बनाउन र कर्जा लिएर सही सदुपयोग गरी आय आर्जन बढाउन अग्रसर रहने बताएका थिए ।