Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्धारा वित्तीय साक्षरता तालिम सम्पन्न

२०७५ फाल्गुन ६ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था कैलालीको अत्तरीया शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सबै समस्याको समाधान बित्तीय साक्षरताको अभियान, भन्ने भनाई लाई आत्मासाथ गर्दै फागुन ६ गते आफ्ना ग्राहक सदस्यहरु तथा सर्बसाधारणलाई वित्तीय साक्षरता तालिम कंचनपूरको कृष्णपूर नगरपालीका वडा न. ६ वंपूरमा सम्पन्न गरेको हो । 

उक्त १ दिने कार्यक्रममा करिब ४९ जनाको सहभागीता रहेको थियो । संस्थाले ग्रामिण क्षेत्रहरुमा वित्तीय संस्थाहरु प्रतिको नकारात्मकधारणा लाई वित्तीय साक्षरता तालिमको माध्यमबाट सकारात्मक सोंचमा परिबर्तन गरी बित्तीय पहुंच बढाई कारोबार बृद्घी गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । 

तालिममा वित्तीय साक्षरता सम्बन्धी बचत सम्बन्धमा, आम्दानी खर्च (बजेट) सम्बन्धमा,वित्तीय अनुशासन सम्बन्धमा, सक्षम उपभोक्ता र वित्तीय सेवाको छनोट, जोखिम ब्यवस्थापन र बीमा सम्बन्धमा, बिप्रेषण सेवा सम्बन्धमा आदीको बारेमा भिडिओ प्रस्तुत गरी जानकारी गर्नुको साथै सोही बिषयमा छलफल गरीएको थियो ।

अत्तरीया शाखा बाट मात्र २ हजार ८ सय ३२ जना सदस्यहरु लाई वित्तीय सेवा प्रदान गरिरहेको छ भने १ हजार ४ सय ५७ जना सदस्यहरुले करिव ११ करोड कर्जा लीई आफनो व्यवसाय विस्तार गरि आर्थिक स्थिती सवल पारीरहनू भएको साथै शाखामा माघ मसान्त सम्म ६ करोड ६८ लाख सदस्यहरुको वचत रहेको संस्थाका शाखा प्रमूख बूद्धि प्रकाश घिमिरेले बताए ।

तालिमको आयोजनाले बैंक तथाग्राहक सदस्यहरु बिचको बित्तीय सम्बन्धलाई अझ बडी प्रगाढ बनाउने अपेक्षा शाखाले गरेको थियो ।

Ad