Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तको तिन दिने अन्तरक्रिया तथा तालिम सम्पन्न 

२०७५ फाल्गुन २ गते

बैंकिङ खबर। वोमी लघुवित्त वित्तीय संस्थाले मकवनपुरको हटिया र नवलपुरमा तिन दिनको फुलमाला र व्याच बनाउने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले शाखा कार्यालयको समन्वयनमा ७१ जना सदस्य तथा स्थानियहरुलाई तालिम प्रदान गरेको हो । हटिया शाखाले मकवानपुर जिल्लाको गढि गाउँपालिका ४१ जना र नवलपुर शाखाले मनहरी गाउँपालिका क्षेत्रका ३० जना गरी कुल ७१ जना सदस्य तथा स्थानियलाई प्रदान गरेको हो ।

दुइ दिन सम्म चलेको अन्तरक्रिया कार्यक्रममा भने  गढि गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बखान सिंह पाख्रिङ, चण्डीका माध्यमिक विद्यालयका प्रधानाध्यापक दशरथ उपाध्याय भण्डारी र मनहरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष शिव प्रसाद खनालको आतिथ्यता तथा संस्थाका प्रबन्धक घनश्याम भट्टराईको सभापतित्वमा रहेको थियो । उक्त अन्र्तक्रिया कार्यक्रममा संस्थाका क्षेत्रीय प्रमुखले उपस्थित सदस्य तथा स्थानियबासीहरुले राख्नुभएको जिज्ञासाको सम्वोधन गर्नु भएको थियो । तालिम प्रशिक्षक सरिता घर्तिमगरले दिनु भएको, थियो ।

Ad