Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सले दियो सदस्यहरुको मृत्यु पछिको बीमा भुक्तानी  

२०७५ फाल्गुन २ गते

बैंकिङ खबर। मेरो माइक्रोफाइनान्स लघुविक्त वित्तीय संस्थाको गल्मीको हर्दिनेटामा रहेको शाखा कार्यालयले आफ्नो सदस्यको मृत्यु भएपछि बीमा बापतको क्षतिपूर्ति उपलब्ध गराएको छ । संस्थामा आवद्व सदस्य छत्रकोट ५ गुल्मी निवासि श्रृजना पुन मगरका श्रीमान शिर बहादुर पुन मगरलाई बीमा बापत एकलाख रुपैयाँ हस्तान्तरण गरेको हो । 

त्यस्तै लघुवित्तले गुल्मीको दरवार गाउँपालिका विरवास अरकडाडाका इन्दिरा बरालको छोरी रिता पल्लिलाई १ लाख ५० हजार रुपैयाा समेत भुक्तानी गरेको छ । 

रकम वितरण कार्यक्रममा लघुवित्तले आफ्ना सदस्यहरुलाई सामजिक उत्तरदायित्व स्वरुप बीमाको व्यवस्था गरेको र यससले दुर्घटना पछि पनि पिडत परिवारमा आर्थिक सहयोग हुने भएकाले संस्था प्रतिको विश्वास बढाउने उल्लेख गरेको छ । 

Ad