बैंकिङ खबर। वोमी लघुवित्त वित्तीय संस्थाले माघ २८ र २९ गते बिभिन्न तनहुँ र वलमजुङका भिभिन्न स्थानहरुमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालीमा ५७ जना र लमजुङ्ग जिल्लाको सुन्दरबजार नगरपालीकाको तार्कुमा ५५ जनालाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको हो । २ दिनको अबधीमा १ सय १२ जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ ।
तालिममा उपस्थित सदस्य तथा स्थानीहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । शाखा कार्यालय, देउराली अन्र्तगत आबुखैरेनीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोरखा नगरपालीकाको वडा नंं १३ का वडा अध्यक्ष हरिबहादुर खनालको उपस्थिती थियो भने अन्तर्क्रिया कार्यक्रममा संस्थाका
विभागिय प्रमुख हरिप्रसाद सिग्देल तथा एरीया प्रमुख बिमल कोइराला एवम् प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट समुहहरुलाई पुरस्कृत गरिएको थियो ।