सरकारले नेपाली नागरिकका लागि १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत आयोजनाको शेयर दिने भएको छ । ऊर्जा, जलस्रोत, ताथ सिँचाइ मन्त्रालयले जनताले जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत ३ हजार ४ सय ७९ मेगावट बराबरका १९ जलविद्युत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा जनताको जलविद्युत आयोजना नामक कार्यक्रम सार्वजनिक गर्न लागेको उर्जा मन्त्रालयले जनाएको छ । उर्जामन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराअन्तर्गत सबै प्रदेशका आयोजनालाई समेटेर तयार गरेको आयोजनाका ढाँचामा सर्वसाधरणको ४९ प्रतिशत सेयर रहने उल्लेख छ ।
जसअनुसार जनताले १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सेयर पाउनेछन् । जनतालाई सेयर दिने प्रस्ताव गरिएको १९ वटै आयोजनाहरु सरकारी संस्थान र कम्पनीहरुले निर्माण अघि बढाउन लागेको उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए ।
जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले तयार पारेको अवधारणपत्रअनुसार, सबै आयोजनाको कुल लागत ६ खर्ब ९५ अर्ब ८० करोडमध्ये स्वपूँजी (इक्विटी) २ खर्ब ८ खर्ब ७४ करोडमध्ये ५१ प्रशित सरकारी संस्थान वा कम्पनीबाट र ४९ प्रतिशत सर्वसाधारणबाट लगानप् जुटाउने लक्ष्य ५। “१९ जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजीमध्ये ४९ प्रतिशत जनतालाई शेयर दिने गरी आधारपत्र तयार गरेका छौं” कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि पोखरेलले भने, “जनताको जलविद्युत कार्यक्र २ फागुनमा सार्वजनिक गर्न लागेका छौं।” उनका अनुसार ती सबै आयोजनाको स्वपूँजीमध्ये १० प्रतिशत प्रभावित स्थानीयवासी र अन्य ३९ प्रतिशत सर्वसाधारणलाई उपलब्ध गराइनेछ ।कारोबारमा प्रकाशित समाचार।