Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्त द्धारा धादिङ्गमा सिपमुलक तालिम सम्पन्न 

२०७५ माघ २९ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको अनुमति पाएको वोमी लघुवित्त वित्तीय संस्थाले धादिङ्गको धुनिबेशी नगरपालिका स्थित शाखा कार्यालयका २६ जना सदस्यहरुलाई व्यवसायिक फुलमाला र व्याच बनाउने तालिम दिएको छ । 

तालिममा प्रशिक्षक अस्मीता आचार्यले प्रयोगात्मक रुपमा तालिम प्रदान गरेकी थिइन् । तालिमबाट सिकेको सिपको सही सदुपयोग गरी सदस्यहरुले राम्रो आम्दानी गर्ने विश्वास लघुवित्तको छ । 
खानीखोला, धादिङ्गका शाखा प्रमुख मदन भोम्जनले आयस्तर बढाउन तालिमले सहयोग पु-याउने बताए । एरीया प्रमुख बिमल कोइरालाले सानो लगानीबाट सिकेको सिप उपयोग गर्न सकेमा फाइदा पुग्ने बताए । 

वोमी लघुवित्त वित्तीय संस्थाको हालसम्म देशका विभिन्न ३२ जिल्लामा ४१ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । लघुवित्तले कृषकहरुलाई समुहमा आवद्ध गराई बिना धितो तथा धितो कर्जा लगानी गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 

Ad