Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

२८ करोड नाफा कमाएको नेपाल लाइफको खुद बीमाशुल्क करीब साढे १० अर्ब 

२०७५ माघ २९ गते

बैंकिङ खबर । ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा २८ करोड ५ लाख २६ हजार रुपैयाँ मुनाफा कमाएको छ । इन्स्योरेन्सले  गत आर्थिक बर्षको सोहि अवधिमा २७ करोड ९६ लाख ८० हजार रुपैयाँ मुनाफा कमाएको थियो । चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा ३ अर्ब ७३ करोड ६१ लाख ७० हजार रुपैयाँ जगेडा कोषमा राखेको इन्स्योरेन्सले जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख ८७ हजार रुपैयाँ र महा विपत्ती जगेडाको लागि ३७ करोड ११ लाख ६ हजार रुपैयाँ छुट्याएको छ । 

बीमा शुल्क आर्जन
इन्स्योरेन्सले चालु आर्थिक बर्षको दास्रो त्रैमास सम्ममा १० अर्ब ४७ करोड ५४ लाख ७६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेनसले गत आर्थिक बर्षको सोहि अवधिको भन्दा खुद बीमा शुल्क आर्जन ४६.६० पंतिशलले बढाएको हो ।  गत बर्षको सोहि अवधिमा इन्स्योरेन्सले ७ अर्ब १४ करोड ५४ लाख ३२ हजार रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको थियो । 

कुल आम्दानी
पुष मसान्त सम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १ करोड ५१ लाख ८१ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट २ अर्ब १८ करोड ८९ लाख ७९ हजार रुपैयाँ, बीमालेख धितो कर्जाबाट ४९ करोड ९४ लाख ४० हजार रुपैयाँ, अन्य पत्यक्ष आय ९ करोड ३९ लाख १० हजार रुपैयाँ, यस बर्षको शुरुको भुक्तानी हुन बाँकि दावी वागतको ब्यवस्था १ अर्ब ५५ करोड ९९ लाख ४४ हजार र यस बर्षको शुरुको असमाप्त जोखिम वापतको ब्यवस्था २८ करोड ७९ लाख ४८ हजार समेत गरि कुल १५ अर्ब १२ करोड ८ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

दावी भुक्तानी तथा अन्य खर्च
कम्पनीले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ५ अर्ब २० करोड ५४ हजार रुपैयाँ खुद  दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशनको लागि १ अर्ब २४ करोड २५ लाख २७ हजार रुपैयाँ खर्च गरेको इन्स्योरेन्सले, स्वास्थ्य परिक्षणको शुल्क ६४ लाख ५९ हजार रुपैयाँ, सेवा शुल्क १० करोड ४७ लाख ५४ हजार रुपैयाँ, अन्य प्रत्यक्ष खर्च १३ लाख ३१ हजार रुपैयाँ, व्यवस्थापन खर्च ३९ करोड ८१ लाख ३८ हजार रुपैयाँ आयकर खर्च २९ करोड ८ लाख ४९ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त अवधिमा इन्स्योरेन्सले त्रैमासिक अन्त्यमा भुक्तानी हुन बाँकि दावी वापतको व्यवस्थाको लागि १ अर्ब ७८ करोड ३९ लाख ८१ हजार रुपैयाँ र त्रैमासिक अन्त्यमा असमाप्त जोखिम वापतको ब्यवस्थाको लागि लागि १९ करोड १० लाख १० हजार रुपैयाँ छुट्याको छ । 

कुल बीमा शुल्क, दावी र भुक्तानी
इन्स्यारेन्सले हालसम्ममा ७९ अर्ब १५ करोड ९४ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल कायम रहेको बीमालेखको संख्या १२ लाख ९ हजार ७ सय २० वटा रहेको छ । ५ अर्ब ४२ करोड ४० लाख ९२ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दावी  रकम १ अर्ब ७८ करोड ३९ लाख ८१ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सले २८ हजार ४ सय ४८ वटा दावीको भुक्तानी गरेको छ ।

सुचकहरु
इन्स्योरेन्सको आर्थिक बर्ष २०७३÷०७४ को घोसित बोनस दर प्रतिहजार ६२ देखि ८२ रुपैयाँ सम्म, आर्थिक बर्ष २०७४÷०७५ को अन्तरिम बोनस दर प्रतिहजार ६२ देखि ८२ रुपैयाँ सम्म, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ९३ रुपैयाँ ३८ पैसा र प्रतिशेयर कुल सम्पत्ति १४ सय ८४ रुपैयाँ रहेको छ ।