बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले रामप्रसाद दासको परिवारलाई आर्थिक सहयोग गरेको छ । राम प्रसाद दास र मुन्नादेवी दासकी १० बर्षिय छोरीलाई घर नजिकैबाट अपरहण गरी नजिकै खोलामा बलात्कार पछि हत्या गरेर फालिदिएको र उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले संस्थाले आर्थिक सहयोग गरेको हो ।
छोरीको काज क्रिया तथा परम्परागत संस्कार गर्न पनि ऋण लिनु परेकाले थप आर्थिक भारको चपेटामा भन्ने समाचार प्रकाशित भए पछि स्वदेशी लघुवित्तले उक्त पिडित परिवारको खोजि गरि समाचार लेख्ने पत्रकार तथा मृतक अध्ययन गर्ने नारायण प्रा.वि का शिक्षकको उपस्थितीमा पिडक परिवारलाई स्वदेशी लघुवित्त वित्तीय संस्थाको केन्दीय कार्यालयको तर्फबाट नायव अधिकृत भुबन निरौलाले ५ हजार र शाखा कार्यालय झोराहटका शाखा प्रवन्धक मनोज कुमार माझिले व्याक्तीगत २ हजार आर्थिक सहयोग गरेका हुन् ।
विराटनगर ८ बलुवाही स्थित १० बर्षिय मृतक रुपमती दास लगाएत ६ जनाको परिवार १ कोठाको सानो झुपडीमा जिविकोपार्जन गदै आईरहेका थिए ।
साथै मृतक परिवारका अन्य छोरा छोरीलाई कक्षा १२ सम्म नारायण प्रा.वि.का प्रधान अध्यापक राम कुमार भट्टराईले निशुल्क पढाई दिने र स्वदेशी लघु वित्तमा कार्यरत सामाजिक परिचालिकासंगिता पाठकले एक बर्षको स्टेशनरी सामान उपलब्ध गरादिने समेत जनाएको छ ।