बैंकिङ खबर। ८ करोड ५५ लाख ८१ हजार रुपैयाँ चुक्तापूँजी रहेको किसान माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड १ लाख १० हजार रुपैयाँ मुनाफा कमाएको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ४१४ दशमलव ७६ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सकोे मुनाफा १९ लाख ६४ हजार रुपैयाँ रहेको थियोे । माइक्रोफाइनान्सले जगेडा कोषमा सामानय सुधार गर्दै २ करोड ४४ लाख ४७ रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा २ दशमलव ४० प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा माइक्रोफाइनान्सको जगेडा कोषमा २ करोड ३८ लाख ७२ हजार रुपैयाँ मात्र रहेको थियो ।
आम्दानी तथा खर्च
माइक्रोफाइनान्सले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १० करोड ३४ लाख ८७ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ६ करोड ६५ लाख ५६ हजार रुपैयाँ गरेको छ । यस अनुसार माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ३ करोड ६९ लाख ३० हजार रुपैयाँ हुन जान्छ । गत बर्ष माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी २ करोड ३६ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
बचत तथा कर्जा
माइक्रोफाइनान्सले गत पुष मसान्त सम्ममा ३१ करोड ६३ लाख ०४ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब ३२ करोड ५४ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ५४ दशमलव ८९ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा माइक्रोफाइनान्सले कर्जा लगानी ५४ दशमलव ९५ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सले २० करोड ४२ लाख ३ हजार रुपैयाँ बचत संकलन गरी ८५ करोड ५३ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
माइक्रोफाइनान्सकोे पूँजी कोष अनुपात ८ दशमलव ०७ प्रतिशत, खराव कर्जा २ दशमलव ७६ प्रतिशत, कस्ट अफ फण्ड ११ दशमलव ०२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ५७ पैसा र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको छ ।