Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जगेडा कोषमा सुधार गरेको आशा लघुवित्तले कमायो ८१ लाख मुनाफा

२०७५ माघ २३ गते

बैंकिङ खबर। १४ करोड रुपैयाँ चुक्तापूँजी रहेको आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ८१ लाख ६४ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्त गत आर्थिक वर्षको सोही अवधिमा २६ लाख ७७ हजार रुपैयाँले नोक्सानमा रहेकोे थियो  ।  गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड ३६ लाख ९३ हजार रुपैयाँले ऋणात्मक रहेको जगेडा कोषलाई सुधार गर्दै लघुवित्तले चालु आर्थिक बर्षको सोहि अवधिमा ७९ लाख ३४ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ११ करोड ८१ लाख ८२ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ६ करोड ९१ लाख ८७ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ८९ लाख ९४ हजार रुपैयाँ हुन जान्छ । गत बर्ष लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ९ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

बचत तथा कर्जा 
लघुवित्तले पुष मसान्त सम्ममा ३४ करोड ७५ लाख ३७ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब ४६ करोड ८६ लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा १४८ दशमलव ९९ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी ७२ दशमलव ०९ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ९५ लाख ७८ हजार रुपैयाँ बचत संकलन गरी ८५ करोड ३३ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १० दशमलव ५३ प्रतिशत, खराव कर्जा २ दशमलव ३८ प्रतिशत र कस्ट अफ फण्ड ११ दशमलव ०६ प्रतिशत रहेको छ ।
 

Ad