Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साढे १५ करोड नाफा कमाएको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको इपीएस १०३ रुपैयाँ

२०७५ माघ २२ गते

बैंकिङ खबर। ३० करोड १ लाख ६५ हजार रुपैयाँ चुक्तापूँजी रहेको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १५ करोड ५१ लाख ३० हजार रुपैयाँ मुनाफा कमाएको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ दशमलव ६५ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सकोे मुनाफा १४ करोड ५४ लाख ४९ हजार रुपैयाँ रहेको थियोे । माइक्रोफाइनान्सले जगेडा कोषमा पनि सुधार गर्दै ८८ करोड २३ लाख ५६ रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा २५ दशमलव ५३ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा माइक्रोफाइनान्सको जगेडा कोषमा ७० करोड २९ लाख ८ हजार रुपैयाँ मात्र रहेको थियो ।

आम्दानी तथा खर्च
माइक्रोफाइनान्सले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ७२ करोड २६ लाख ३४ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३४ करोड ४१ लाख ६१ हजार रुपैयाँ गरेको छ । यस अनुसार माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ३७ करोड ८४ लाख ७३ हजार रुपैयाँ हुन जान्छ । गत बर्ष माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ३१ करोड ५ लाख ९६ हजार रुपैयाा रहेको थियो ।

बचत तथा कर्जा 
माइक्रोफाइनान्सले गत पुष मसान्त सम्ममा ३ अर्ब ६१ करोड ६७ लाख ५४ हजार रुपैयाँ बचत संकलन गरी ८ अर्ब ६७ करोड ६९ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ३० दशमलव ५० प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा माइक्रोफाइनान्सले कर्जा लगानी ३३ दशमलव ५२ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सले २ अर्ब ७७ करोड १३ लाख ९४ हजार रुपैयाँ बचत संकलन गरी ६ अर्ब ४९ करोड ८२ लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
माइक्रोफाइनान्सकोे पूँजी कोष अनुपात १३ दशमलव ०४ प्रतिशत, खराव कर्जा शुन्य दशमलव ६६ प्रतिशत, कस्ट अफ फण्ड ९ दशमलव ६१ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३ सय ९३ रुपैयाँ ९६ पैसा र प्रतिशेयर आम्दानी १ सय ३ रुपैयाँ ३६ पैसा रहेको छ ।

Ad