Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

३९ प्रतिशतले नाफा बढाएको साना किसान लघुवित्तको इपीएस ६० रुपैयाँ ८४ पैसा

२०७५ माघ २२ गते

बैंकिङ खबर । ७८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा २३ करोड ९१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको तुलनामा लघुवित्तले ३९ दशमलव ३७ प्रतिशतले नाफामा वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले १७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तले जगेडाकोषमा १ अर्ब ४२ करोड २२ लाख रुपैयाँ छुटाएको छ

लघुवित्तले खुद व्याज आम्दानी ३१ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ४२ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४५ दशमलव ३४ प्रतिशतले वृद्धि गरी ३७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा ७६ प्रतिशतले घटाएर ५७ लाख रुपैयाँ राखेको छ ।

बचत तथा कर्जा
लघुवित्तले गत पुस मसान्तसम्ममा  १५ अर्ब ६६ करोड २ लाख रुपैयाँ बचत संकलन गरी १७ अर्ब ३७ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत बर्षको दोस्रो त्रैमासमाभन्दा कर्जामा ११ दशमलव ४८ प्रतिशतले वृद्धि गरेको हो ।

सुचहरु
निष्कर्य कर्जा शुन्य दशमलव ०४ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ३१ प्रतिशत, प्रतिसेयर आम्दानी ६० दशमलव ८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७ दशमलव ५९ गुणा, प्रतिसेयर नेटवर्थ २८० दशमलव ९४ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ०४ प्रतिशत रहेको छ ।
 

Ad