बैंकिङ खबर। ७० करोड ३१ लाख रुपैयाँ चुक्तापूँजी रहेको डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १७ करोड ९९ लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६० दशमलव १९ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ११ करोड २३ लाख रुपैयाँ रहेको थियोे । लघुवित्तले जगेडा कोषमा पनि आर्कषक सुधार गर्दै ६८ करोड ४० लाख रुपैयाँ पुर्याएको को छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा ६५ दशमलव ३१ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा लघुवित्तको जगेडा कोषमा ३९ करोड ५६ लाख रुपैयाँ मात्र रहेको थियो ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ७३ करोड ६८ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३६ करोड २० लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ३७ करोड ४८ लाख रुपैयाँ हुन जान्छ ।
बचत तथा कर्जा
लघुवित्तले गत पुष मसान्त सम्ममा २ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ बचत संकलन गरी ९ अर्ब २० करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ४९ दशमलव ३५ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी ४३ दशमलव १९ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ बचत संकलन गरी ६ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १४ दशमलव ५४ प्रतिशत, खराव कर्जा शुन्य दशमलव ८९ प्रतिशत, कस्ट अफ फण्ड ९ दशमलव ४३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ९७ रुपैयाँ २९ पैसा र प्रतिशेयर आम्दानी ५१ रुपैयाँ १९ पैसा रहेको छ ।