Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्रामीण विकास लघुवित्तले कमायोे ११ करोड ३४ लाख नाफा 

२०७५ माघ २१ गते

बैंकिङ खबर। ६५ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ११ करोड ३४ लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १५ दशमलव ८३ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ९ करोड ७९ लाख रुपैयाँ रहेको थियोे । लघुवित्तले जगेडा कोषमा पनि आर्कषक सुधार गर्दै ३८ करोड ४१ लाख रुपैयाँ पुर्याएको को छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा ६१ दशमलव ३१ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा लघुवित्तको जगेडा कोषमा २३ करोड ८१ लाख रुपैयाँ मात्र रहेको थियो ।

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ८० करोड २ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३५ करोड ४७ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ४४ करोड ५४ लाख रुपैयाँ हुन जान्छ । 

बचत तथा कर्जा 
लघुवित्तले गत पुष मसान्त सम्ममा २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बचत संकलन गरी ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा १९ दशमलव ८६ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी १२ दशमलव ८० प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ बचत संकलन गरी ८ अर्ब  १३ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात ७ दशमलव ५९ प्रतिशत, खराव कर्जा ४ दशमलव ५० प्रतिशत, कस्ट अफ फण्ड ९ दशमलव २९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ६५ पैसा र प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा रहेको छ ।

Ad