Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सोमबार ५ अर्ब १६ करोडको ट्रेजरी बिल विक्री गर्दै

२०७५ माघ २० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ट्रेजरी बिलमा सोमबार दिउसो ३ बजे सम्म बोलकबोल मार्फत सहभागी हुन सकिने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल मंगलबार देखि जारी हुने छ । राष्ट्र बैंकले २८ दिन अवधिको ३ अर्ब २५ करोड र ९१ दिन अवधिको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको बिल विक्री गर्न लागेको हो । २८ दिनको ट्रेजरी बिल यही फागुन २१ गते परिपक्व हुने छ भने ९१ दिन अवधिको बिल आगामी बैसाख २४ गते परिपक्व हुने छ । 

यस अघिपनि राष्ट्र बैंकले माघ १४ गते ९१ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गरेको थियो ।

Ad