बैंकिङ खबर। १९ करोड ४८ लाख रुपैयाँ चुक्तापूँजी रहेको विजय लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २ करोड ४२ लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ९६ दशमलव ७४ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा १ करोड २३ लाख रुपैयाँ रहेको थियोे । लघुवित्तले रिजर्भ कोषमा पनि बृद्धि गर्दै ४ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तको रिजर्भ कोषमा २ करोड ९२ लाख रुपैयाँ मात्र रहेको थियो ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १५ करोड ६० लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ६ लाख रुपैयाँ हुन जान्छ ।
बचत तथा कर्जा
लघुवित्तले गत पुष मसान्त सम्ममा ४२ करोड ३३ लाख रुपैयाँ बचत संकलन गरी २ अर्ब २ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ९२ दशमलव ४९ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी ९१ दशमलव ३९ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ९९ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ५ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात ११ दशमलव ८३ प्रतिशत, खराव कर्जा २ दशमलव ४५ प्रतिशत, कस्ट अफ फण्ड १० दशमलव ७९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय २४ रुपैयाँ ३१ पैसा र प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८९ पैसा रहेको छ ।