बैंकिङ खबर । २६ करोड ९५ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको स्वारोजगार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ३६ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिकोभन्दा ६७ लाख २० हजार रुयाँले बढि हो । गत आर्थिक बर्षको सोही अवघिमा लघुवित्तले एक करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । लघुवित्तको संचालन मुनाफा ३२ करोड २४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ८१ लाख रुपैयाँ राखेको छ ।
आम्दानी
लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ६ महिनामा व्याज आम्दानी २० करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने यस वापतको खर्च ११ करोड ५९ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद व्याज आम्दानी ८ करोड ४९ लाख रुपैयाँ हुन जान्छ ।
बचत तथा कर्जा
लघुवित्तले गत पुष मसान्तसम्ममा ९८ करोड ७९ लाख रुपैयाँ बचत संकलन गरी २ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसले सापटीवापत १३ करोड ६२ लाख रुपैयाँ लिएको छ । यसको गत हार्थिक वर्षको सोही अवधिमा ६० करोड ८० लाख बचत संकलन गरेको थियो भने १ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सुचकहरु
पुँजी कोष १४.०६ प्रतिशत, खराव कर्जा अनुपात ०.८१ प्रतिशत, प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ ।