Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्त सामाजिक कार्यमा सक्रिय, बृद्धाश्रमलाई सहयोग र आँखा शिविर सम्पन्न

२०७५ माघ २० गते

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय हेटौडाले चौकीटोलमा रहेको ओम बृद्धाश्रममा  ब्ल्याङकेट वितरण गरेको छ । संस्थाले उक्त आश्रमलाई ३० थान ब्ल्याङकेट वितरण गरिएको हो । 

हेटौडा उपमहानगर पालिकाका मेयर हरि बहादुर महतले उक्त सहयोग वितरण गर्दै जाडोको समयमा उपलब्ध गराएको यस प्रकारको सहयोगले बृद्धबृद्धालाई राहत पुगेको बताए । साथै, कार्यक्रममा शाखा कार्यालय हेटौडाका कार्यालय प्रमुख जितेन्द्र मिश्रले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोग हस्तान्तरण गरिएको बताए । 

त्यसैगरी, शाखा कार्यालय पोखरिया, पर्सामा आँखा शिवीर संचालन गरेको छ । शिवा आँखा अस्पताल बीरगंजको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरबाट करिव १ सय ५० जना स्थानीयले आँखा जाँच गराएका थिए । 

चालु आ.व.को पौष मसान्तसम्म ५७ जिल्लाका १ सय २८ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ३० हजार ५ सय २९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले लघुवित्त पहुँच कम भएका देशका विभिन्न क्षेत्र तथा वर्गसम्म सेवा विस्तार गरी उद्यमशीलता विकास र आर्थिक सामाजिक अबस्था सुधार गर्न अग्रसर रहेको लघुवित्तले जनाएको छ ।  
 

Ad