बैंकिङ खबर । ३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिकोभन्दा ६८ दशमलव २० प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जगेडा कोषमा ४१ करोड ९० लाख रुपैयाँ सञ्चित रहेको लघुवित्तको संचालन मुनाफा ७१ दशमलव ४२ प्रतिशतले बढेर ६ करोड रुपैयाँ पुगेको छ ।
कर्जा तथा लगानी
लघुवित्तले १ अर्ब ७१ करोड ८ लाख रुपैयाँ बचत संकलन गरी ४ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३० दशमलव ३० प्रतिशतले कर्जा वृद्धि गरेको हो ।
आम्दानी
लघुवित्तको खुद व्याज आम्दानी २० प्रतिशतले बढेर १८ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको खुद व्याज आम्दानी १५ करोड ६ लाख रुपैयाँ थियो ।
सुचकहरु
लघुवित्तको प्रतिसेयर आम्दानी २२ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव २८ गुणा, प्रतिसेयर नेटवर्थ २ सय २१ दशमलव २८ रुपैयाँ र तरलता अनुपात १० दशमलव ७९ प्रतिशत रहेको छ ।