Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको आईपीओ आजदेखि, १० कित्तादेखि आवेदन दिन सकिने 

२०७५ माघ १८ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
 
लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारी र ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । ६ लाख २९ हजार ९ सय ३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि ३ हजार ३ सय ७० कित्तासम्म आवेदन गर्न सकिनेछ ।

संस्थाले इक्रा नेपालबाट ग्रेड ४ को स्वीकृती पाएको छ । धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

Ad