Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

 सामाजिक अभियानका कार्यक्रममा सक्रिय बन्दै स्वदेशी लघुवित्त

२०७५ माघ १७ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्रबजार तथा आसपासका क्षेत्रमा सफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले स्वच्छ मधेश, समृद्ध मधेशको नारा लिएर गरिएको सरसफाई कार्यक्रममा सोही नगरपालिकाका उप मयेर, वडा अध्यक्ष, शसस्त्र प्रहरी, विद्यार्थी तथा स्थानिय यूवा, लगायत २०० जना भन्दा बढिको सहभागिता रहेको थियो । 

उक्त सरसफाई कार्यक्रम लोकमार्ग तथा बजार क्षेत्रमा गरिएको थियो । स्थानियलाई कार्यक्रममा सहभागि हुन आवहन गदै यस क्षेत्रको सुन्दरताको लागि अव्यवस्थित फोहोरलाई व्यवस्थापन अनिवार्य रुपमा गर्नु पर्ने भएकोले स्थानियलाई सचेत हुन आग्रह गर्नुको साथै सफा गर्न नसके फोहोर पनि नगर्न बिषेश आग्रह समेत गरिएको थियो । 

संस्थाले अहिले नगरे कहिले गर्ने, हामिले नगरे कल्ले गर्ने भन्ने नारा  अनुसार स्थानिय व्यपारीलाई सचेत गराइएको थियो । सरसफाई अभियन्ता धिरेन्द्र साहले बिरेन्द्रबजार सुन्दर बनाउने जिम्मा स्थानीय बासिन्दाको रहेको औल्याउदै आगामी दिनमा पनि सफाई कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए । 

Ad