Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समीट लघुवित्तको नाफा ५१ प्रतिशतले बढ्यो

२०७५ माघ १७ गते

बैंकिङ खबर । २१ करोड चुक्ता पूँजी रहेको समीट लघुवित्त वित्तीय संस्थाले आर्थिक  बर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ६० लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमाभन्दा ५१ दशमलव ३३ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको नाफा १ करोड ७२ लाख रुपैयाँ रहेको थियो । 

आम्दानी
लघुवित्तले प्रकाशित गरेको ६ महिनाको तथ्याङक अनुसार ७ करोड २१ लाख खुद व्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षकोभन्दा ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरेको हो । संचालन मुनाफा ४८ दशमलव १४ प्रतिशतले बढेर ४ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ ।

बचत तथा कर्जा
लघुवित्तले पुष मसान्तसम्ममा ६९ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत आर्थिक बर्षको दोस्रो त्रैमासमाभन्दा  बचतमा २९ दशमलव ६३ प्रतिशतले वृद्धि गरेको भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी  १८ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको हो । 

सुचकहरु
निष्कृय कर्जा १ दशमलव ३६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव ५२ प्रतिशत, प्रतिसेयर आम्दानी १२ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ५७ दशमलव ६७ गुणा, प्रतिसेयर नेटवर्थ १३४ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात १७ दशमलव ५२ प्रतिशत रहेको छ ।

।
 

Ad