Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आईपीओ निष्काशनको तयारीमा रहेको स्वाभिमान लघुवित्तको नाफा ८२ लाखमाथि

२०७५ माघ १७ गते

बैंकिङ खबर। ४ करोड २० लाख रुपैयाँ चुक्तापूँजी रहेको स्वाभिमान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ८२ लाख ८५ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्त गत आर्थिक वर्षको सोही अवधिमा ३९ लाख ६१ हजार रुपैयाँले नोक्सानमा रहेका थियो । आईपीओ निष्काशनको तयारीमा रहेको लघुवित्तले मुनाफामा उल्लेख्य सुधार गरेको छ ।

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ४ करोड७९ लाख २७ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३ करोड ८ लाख ५९ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ७० लाख ६७ हजार रुपैयाँ हुन जान्छ । 

बचत तथा कर्जा 
लघुवित्तले गत पुष मसान्त सम्ममा १८ करोड ८९ लाख १२ हजार रुपैयाँ बचत संकलन गरी ६० करोड ८३ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ३०४ दशमलव ७९ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी १६६ दशमलव ९८ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ६६ लाख ६८ हजार रुपैयाँ बचत संकलन गरी २२ करोड ७८ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात ८ दशमलव ३७ प्रतिशत, खराव कर्जा शुन्य दशमलव १४ प्रतिशत र कस्ट अफ फण्ड १० दशमलव २५ प्रतिशत रहेको छ ।
 

Ad