Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरएमडीसी लघुवित्तको मुनाफा करीब ३१ प्रतिशतले बृद्धि

२०७५ माघ १६ गते

बैंकिङ खबर। ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ चुक्तापूँजी रहेको आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ६८ लाख २८ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ३० दशमलव ८८ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ११ करोड २१ लाख ८० हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ४९ करोड १३ लाख १४ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २५ करोड ७५ लाख ७८ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी २३ करोड ३७ लाख ३६ हजार रुपैयाँ हुन जान्छ । 

कर्जा लगानी
थोक कर्जाको मात्र कारोबार गर्ने भएकोले आरएमडीसी लघुवित्तले बचत संकलन गर्दैन । गत पुष मसान्त सम्ममा लघुवित्तले ७ अर्ब ४३ करोड ९७ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा  भन्दा २१ दशमलव ०९ प्रतिशले कर्जा लगानीमा बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ अर्ब १४ करोड ३८ लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात २४ दशमलव ४१ प्रतिशत, खराव कर्जा शुन्य प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव ५२ प्रतिशत, प्रतिशेयर नेटवर्थ २ सय ७९ रुपैयाँ १८ पैसा र प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

Ad