बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले अर्ध बार्षिक समिक्षा गर्नुको साथै शाखा प्रमुखहरुलाई शाखा व्यवस्थापन तालिम दिएकोे छ । संस्थाले माघ ११,१२ र १३ गते प्रदेश नं.३,४ र ५ मा सञ्चालित २० शाखा कार्यालयको अर्ध वार्षिक समिक्षा गरेको छ भने शाखा प्रमुखहरुलाई शाखा व्यवस्थापन तालिम चितवनको ,विरेन्द्रनगरमा सम्पन्न गरेको छ ।
संस्थाले शाखा प्रमुखहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ जोखिम व्यवस्थापन, भाखा नाघेको कार्जा न्युनिकरण, तनाब व्यबस्थापन, आन्तरिक लेखा परिक्षणले औल्याएको कैफियत सुधार, नेतृत्व विकास, कर्जा र निक्षेप वृद्धि सम्बन्धि तालिम दिएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाइले गोष्ठिको शुभारम्भ गर्दै शाखा प्रबन्धकहरुले संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्यूनिकरण तथा संस्थाको व्यवसायिक दायरालाई फराकिलो पार्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा,संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणात्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष ध्यान पुयाई कार्य गर्न सुझाव दिएका थिए । साथै, तालिमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि र नतिजामा पनि केही परिवर्तन आउने अपेक्षा गरेका छन् ।