Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साधना लघुवित्तको खराब कर्जा शुन्य, नाफामा उल्लेख्य बृद्धि

२०७५ माघ ११ गते

बैंकिङ खबर । साधना लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक प्रगती विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५६ लाख ८३ हजार खुद मुनाफा अर्जान गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा १५ लाख २१ हजार खुद घाटामा रहेको थियो । 

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा २३ लाख ४६ हजार संचालन मुनाफामा रहेको लघुवित्तले ३ महिनामा ६५ लाख ८४ हजार रुपैयाले संचालन मुनाफा बढाई  ८९ लाख ३१ हजार पु¥याएको छ ।

समिक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले ब्यबसाय बिस्तारमा पनी उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी १ करोड ७७ लाख ९० हजार पुगाएको छ । अघिल्लो बर्षको यही अवधिमा ४ लाख ७७ हजारमा सीमित रहेको थियो । 

समिक्षा अवधिमा १२ करोड ४६ लाख बचत संकलन गरी ५१ करोड ६३ लाख सापटी लिएर ६५ करोड ३४ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा ९३ लाख ९९ हजार बचत संकलन गरी ६ करोड  २१ लाख सापटी लिई ७ करोड ६४ लाख कर्जा परिचालन गरेको थियो ।
वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा १५ लाख १९ हजारले ऋणत्मक रहेको रिर्जब समिक्षा अवधिमा ५७ लाख २७ हजार पुगेको छ । कुल ४ करोड ९० लाख चुक्ता पुँजी रहेको कम्पनीको खराब कर्जा शुन्य रहेको छ  ।

त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड १०.५१ प्रतिशत रहेको छ । तरलता अनुपात ९.०२ प्रतिशत, इक्वीटीमा प्रतिफल २०.७७ (बार्षिक) र सम्पत्तिमा प्रतिफल १.५८ प्रतिशत रहेको छ ।

Ad